काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने म्याद पुनः थप गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म कायम गरिएको छ। यसअघि पार्टीले नयाँ सदस्यता वितरणको अन्तिम मिति असार २० गते तोकेको थियो। कांग्रेसले इच्छुक सदस्यहरूलाई अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने व्यवस्था गरेको…