कांग्रेस शीर्ष नेताबीच छलफल, एकतामा जोड

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बीच भेटवार्ता भएको छ। गल्फुटारस्थित खड्का निवासमा आज बिहान ११ बजेदेखि साढे १२ बजेसम्म भएको उक्त भेटमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। पार्टीभित्र देखिएका आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनलाई थप मजबुत बनाउने विषयमा नेताहरूबीच…