५ करोड खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो (हेर्नुहोस् भिडियो)

दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानोबाट पानी चुहिन थालेको छ। प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्। फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ। राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत…