छोरी खोज्न वर्षेनी नेदरल्याण्डबाट नेपाल आउँछिन् ७८ वर्षकी आमा, नेपाल घुमेर उनी कहिल्यै अघाइनन्, पदयात्रा गरेर कहिल्यै थाकिनन्।

२२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलोपटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्। आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे। कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्। पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भएकी भेगल आमाछोरी त्यसपछि पनि नेपाल आइरहे। सुरूमा…