सरुवा भएर पनि अटेर गरी चितवनमै बसेका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश नम्बर ३ प्रहरी कार्यालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले १३ दिनअघि एसपी मल्ललाई चितवनबाट सरुवा गरेको थियो । तर, मल्लले जिल्ला नछाडेपछि प्रदेश कार्यालयले अल्टिमेटमसहित पत्राचार गरेको हो । पत्रमा ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना…