काठमाडौं । राजावादीहरूले जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । त्यसका लागि राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरुले काठमाडौंमा घरदैलोका साथै अन्य तयारी गरिरहेका छन् । राजावादीहरूले चाँडै राजसंस्था फर्किने दाबी गरिरहेका छन् । यही हल्लाकै बीचमा पूर्वराजपरिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेको छ । पूर्वराजा…