काठमाडौँ - जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने भनेर चर्चामा आएकी स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।…