काठमाडौं । सरकारले निकट भविष्यमै सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येकपटक आवतजावत गर्दा लाग्ने सवारी कर निर्धारण गरेको हो । जसअनुसार मिनी बस–ट्रक काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।…