‘मनमनै साँचेको त्यो खुशी क्षणभरमै खरानी भयो’, छोरालाई इन्जिनियर भएको हेर्न चाहन्थे रामजीवन

जनकपुरधाम - मिथिला नगरपालिका–५ श्रीपुरस्थित दिलीप महतोको घर पुग्दा चन्द्रकलादेवी बिलौना गरिरहेकी थिइन्, ‘कोई हमर बाबूक लाइबदे, गौ हमर बाबू कतय चलि गेलै ? अर्थात मेरो बाबुलाई कसैले ल्याइदिऊ, मेरो बाबु ….।’ अवैध नदी उत्खननको विरोध गर्दा दिलीपलाई शुक्रबार विहान झिसमिसेमै टिपरले किचेर मारेको थियो । छोराको हत्या भएको खबर सुनेदेखि नै उनी बेहोसजस्तै छिन्…