काठमाडौं । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले चैत १५ को तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजालाई संसदमा बोलाउने प्रस्ताव गरेका हुन् । कांग्रेस सांसद जीवन परियारले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं । उनलाई…