राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । उनलाई रूपन्देही जिल्ला कारागार भैरहवामा राखिएको छ । भैरहवा कारागारमा रहेका ४ वटा ब्लकमध्ये लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेलाई राखिएको ब्लक नं ४ मा उनीमात्रै सिङ्गल छन् । लामिछानेलाई उक्त ब्लकमा राख्ने भएपछि त्यहाँ छुट्टै कक्षसमेत बनाइएको बताइएको…