काठमाडौं - सत्तारुढ एमाले र कांग्रेसले एकाएक आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालयमा बोलाएका छन् । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।…