रवि लामिछाने रुपन्देही कारागारबाट सरुवा, आज दिउँसो काठमाडौं ल्याइँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी आज दिउँसो काठमाडौं ल्याइने भएको छ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले नख्खु कारागारमा सरुवाका लागि जेठमै निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो। राष्ट्रिय मानव अधिकार आयोगको हालैको अनुगमनका क्रममा…