काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । ०८४ को निर्वाचनको मिनी जनमत संग्रहका रूपमा यो उपनिर्वाचनलाई लिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन्। एमालेले खिमलाल भट्टराईलाई…