काठमाडौं - एमाले नेता गोकुल बासकोटाले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई भष्मासुरको संज्ञा दिएका छन् । चैत १५ गते तीनकुनेमा ताण्डव देखाएर अलप भएका प्रसाईले पटकपटक सामाजिक सञ्जालमार्फत सरकार र दलका नेतालाई चुनौती दिन थालेपछि प्रसाईले मंगलबार बिहान उनलाई भष्मासुरको संज्ञा दिएका हुन् । राजसंस्था पुनःस्थापना गर्छु भन्दै राजावादीलाई सडकमा उतारेर दुईजनाको ज्यान गएको र…