ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/०८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब…