काठमाडौं । होटल हिल्टन प्रकरणमा पक्राउबाट बच्न सञ्चारकर्मी दिलभूषण पाठक अदालत पुगेका छन्। आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरूद्ध उनले आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। रिटमा सोमबार पेसी तोकिएको उच्च अदालत पाटनले जनाएको छ । पाठकले दिएको निवेदनबारे न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने तय भएको छ। उनीविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको…