नेकपा (एमाले) प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् । ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट…