काठमाडौं – चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा परेको लामिछानेको मुद्दामा बयान सकेपछि अब थुनछेक बहस सुरु भएको हो। लामिछानेविरुद्ध चितवनको सहारा सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोग लागेको छ। सरकारी वकिलको तर्फबाट थुनछेक बहस सुरु भएको छ, जसमा जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने,…