काठमाडौँ- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ दोभानका ३५ वर्षीय श्याम नेसुरा मृत अवस्थामा बागमती नदीमा फेला परेका छन्। बुधबार आफूखुशी घर छोडी हिँडेका श्यामलाई उनका आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा घरदेखि करीब दुई किमी पूर्वतर्फ रहेको बागमती नदीको बीचमा ढुङ्गामा अल्झेर मृत अवस्था पाएका हुन्। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी दिएको अनुसार, घटनाको मुचुल्का कार्य…