शिवरात्रिका लागि काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू

काठमाडौं- शिवरात्रिका अवसरमा काठमाडौं उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ। सोमबार रातिबाट नै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना बनाएर लागू गरेको हो। सुरक्षा योजनाअनुसार, एसपी अपिलराज बोहोराको नेतृत्वमा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने छ। यसमा तीन सिफ्टमा प्रहरी खटाइनेछ, जसका लागि ३५ सय ११ प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।…