माधवलाई मुद्दा हालेकोमा प्रचण्ड असन्तुष्ट, अख्तियारले क्षेत्राधिकार नाघेकामा जवाफ दिनुपर्ने माग

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा चलाइएकोमा असन्तुष्टि जनाएका छन् । उनले शुक्रबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार नाघेर पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई मुद्दा चलाएको भन्दै यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । ‘स्वयं माधवजीले नै आफू आश्चर्यमा परेको…