भीम रावल र शंकर भण्डारी राजावादी आन्दोलनमा सहभागी हुने हल्ला कसले चलायो ?

काठमाडौं । राजसंस्था पुनःस्थापनाको आन्दोलन तुहिएपछि आइतबार एकाएक एमालेका पूर्वउपाध्यक्ष भीम रावल र कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई ल्याउने योजना भएको भन्दै चर्चा चल्यो । सामाजिक सञ्जाल र मिडियामा समेत आफ्नाबारे समाचार आएपछि रावल र भण्डारीले तत्कालै खण्डन गरे । पहिले कांग्रेस सांसद भण्डारीले आफूविरुद्ध आएका हल्लाबारे खण्डन गरे । ‘समाचारमा कुनै सत्यता नरहेको पार्टीका…