दुर्घटना भएको कारबाट १३० किलो गाँजा फेला

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको हो । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो। प्रहरीले…