तुरुन्त शालिक हटाउन नवराज आचार्यलाई सरस्वती माविको पत्र

काठमाडौं - सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियास्थित सरस्वती माध्यमिक विद्यालयले स्कुल परिसरमा राखेको वासुदेव उपाध्यायको शालिक तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई पत्र पठाएको छ । विद्यालय व्यवस्थापन समितिको फागुन २८ गतेको निर्णयअनुसार सरस्वती माविले फागुन २९ गते नै नवराज आचार्यलाई पत्र पठाएको हो । तर दुई साता हुन लागिसक्दा पनि आचार्यले आफ्नो हजुरबुबाको शालिक हटाएका छैनन् ।…