काठमाडौँ- दाङ र झापा जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन्। दाङको तुल्सीपुर उपमहानगरपलिका ८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रुपैयाँ र ३ बुक तास सहित…