काठमाडौँ- झापामा सशस्त्र प्रहरीलाई योजनाबद्ध तरिकाले फसाएर दुर्व्यवहार र हातपात गरेको आरोपमा बिर्तामोडका एक कारोबारी पिन्टु साह पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टाका अनुसार साहलाई बुधबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। साहलाई उजुरीको आधारमा पक्राउ गरिएको हो र उनी अहिले काँकडभिट्टामा प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाको विवरण अनुसार,…