काठमाडौँ- बर्दियाको बाँसगढी नगरपालिका(५ स्थित मुनलाइट होटेलबाट सात जुवाडे पक्राउ परेका छन्। उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिहरूमा बाँसगढी(५ का ३९ वर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ वर्षीय दयाराम…