काठमाडौँ- सङ्खुवासभाको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्वारा आयोजित दुई दिने शिविरमा ६३ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ। शिविरमा ५२३ जनाको सामान्य आँखा जाँच गरिएको थियो। पहिचान गरिएका मोतियाबिन्दु बिरामीहरूको शल्यक्रिया निःशुल्क गरिएको हो। शिविरमा सङ्खुवासभा, धनकुटा, र भोजपुर जिल्लाका बिरामीहरूले सहभागिता जनाएका थिए। शिविर मेची आँखा अस्पताल, झापाको सहयोगमा सञ्चालन…