काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक शनिबार बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। आसन्न उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक डाकिएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनले भने, ‘हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौं। उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट…