काठमाडौं । पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा गएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहविरुद्ध कांग्रेसकै सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले आइतबार संसदमा उछितो काढेपछि यसबारे सर्वत्र चर्चा परिचर्चा भएको छ । तामाङले रामेछापमा सहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यति मात्र होइन, उनले भगवानलाई पुकारा गर्दै अहिलेका दुवै उपप्रधानमन्त्री सिंह र विष्णु…