काठमाडौँ- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ ठाँटी गैरिकोटबाट प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ६१ वर्षीय मंगलबहादुर तामाङ र उनका छोरा ३२ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्। प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले बुधबार राति उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।