काठमाडौं - भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग्दै सदनको कामकारबाहीमा अवरोध गर्दै आइरहेको रास्वपाले केही दिनयता फरक नीति अवलम्बन गर्न थालेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएपछि आफ्ना कुरा राख्ने र विपक्षी सांसदहरूले बजेटमाथिको छलफलमा भाग लिँदा मौन बस्दै आएका रास्वपा सांसदहरू कांग्रेस र एमाले सांसदहरू बोल्न थालेपछि बाहिरिने गरेका छन् । वेल घेरेर एक घण्टाभन्दा…