विराटनगर — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध हटाउने निर्णय कुनै सेटिङ वा गोप्य सहमति नभएको प्रस्ट पारेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् पुनः सञ्चालनको निर्णय राष्ट्र र जनताको दीर्घकालीन हितमा आधारित रहेको बताए। “देश र जनताको लागि कहिलेकाहीँ अघि बढ्ने, कहिलेकाहीँ पछि हट्ने निर्णय आवश्यक पर्छ,”…