ठुलो आवाज निकालेर कुद्ने मोटरसाइकलको भिडियो बनाएर पठाए पाँच हजार पाइने

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा पुरस्कार दिने भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न नगरपालिकाले ठुलो आवाजमा कुद्ने मोटरसाइकल चालकको भिडियो खिचेर पठाउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन अनुरोध गर्दै मेयर दीपक…