काठमाडौं– पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिवेला आन्दोलित छ । गत शुक्रबार साँझ पौने ७ बजे काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई कास्की पुर्याईएको छ। हिजोमात्रै जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी प्रशासनलाई अनुमति दिइसकेको छ। रास्वपाको आन्दोलन शान्तिपूर्ण भनिएपनि लामिछानेका समर्थकहरुले…