माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध लामा हत्या मुद्दाको सुनुवाइ सुरु

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित पूर्णिमाया लामाले १४ वर्षअघि सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदनउपर बुधबारबाट सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको संवैधानिक इजलासमा यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। पछिल्लोपल्ट यसको सुनुवाइ…