काठमाडौं, १५ चैत । जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा राजावादी समूहले लगाएको आगो नियन्त्रणमा आएको छ । आज (शुक्रबार) राजावादी समूहहरुले तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बन्दै गएपछि उनीहरुले सर्वसाधरण नागरिकको घर, व्यवसायिक भवन, मिडिया हाउसलगायतका क्षेत्रमा आगजनी गरेका थिए । आगजनीबाट जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा २५ करोडभन्दा बढीको मेसिनहरु क्षति भएको…