मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं - काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका १४ खसिबजारस्थित सडकमा बा-प्र-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।