सरस्वती माविमा राखिएको शालिक प्रकरणले उग्र रुप लिँदै, डाकियो सर्वदलीय बैठक

काठमाडौं - बरहथवा नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा स्थापित वासुदेव उपाध्यायको शालिक राख्ने कि हटाउने भन्नेबारे निर्णय लिन मंगलबार सर्वदलीय बैठक बस्दैछ । बरहथवा नगरपालिका–२ स्थित सामुदायिक भवनमा बस्ने बैठकमा एमाले, कांग्रेस, माओवादी, लोसपाका प्रतिनिधिसहित स्थानीय बुद्धिजीवी र पूर्वजनप्रतिनिधिलाई आमन्त्रण गरिएको छ । सरस्वती मावि विद्यालय व्यवस्थापन समितिले एमालेका अमरेन्द्र कुशवाह,…