बाढीले डुबानमा परेको भक्तपुरका क्षेत्रमा खटिए स्वयमंसेवक युवा

काठमाडौं– गतराति वर्षाको कारण आएको बाढीले भक्तपुरका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रमा क्षति पुर्‍याएको छ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतका अनुसार खोलाले राधे राधे, सङ्गम कोलोनी, कमेरोटारको तल्लो क्षेत्र, गठ्ठाघरको सागबारी र बालकोट क्षेत्रसमेत डुबानमा पारी घरभित्र लेदो थुप्रिएको छ । सूर्यविनायक नगरपालिका…