छालाको अस्पताल खोल्ने भन्दै बनाएको भवनमा चर्चको संगती सुरु भएपछि…

कैलाली- छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर खोलिएको चर्चको भवनमा धनगढी उपमहानगरपालिकाले डोजर चलाएको छ । स्थानीयलाई अस्पताल खोल्ने र वडासँग सेमिनार सञ्चालन गर्ने भन्दै अनुमति लिएर चर्च सञ्चालनमा ल्याइएको भवनमा मंगलबाट उपमहानगरले डोजर चलाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा जग्गा भाडामा लिएर उक्त भवन लेट मेईन नामक संस्थाले बनाएको थियो ।…