काठमाडौ- सुप्रिम सहकारी घोटालाको आरोपमा प्रतिवादी बनेका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने थुनछेक बहसका लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन्। बुधबार लामिछानेसँग बयान लिई उनलाई परिवारको जिम्मा लगाइएको थियो। न्यायाधीश प्रह्लादकुमार योगीले बयान लिएका थिए। अदालतमा आज थुनछेक बहस हुने जानकारी जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालले दिएका छन्।…