भारतीय टोलीले पनि भेटेन सिमलतालमा बेपत्ता भएको बस, सबैको शव नभेटि खोजी कार्य स्थगन हुँदै

काठमाडौं– नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य रोकिने भएको छ । दुई बस त्रिशूलीमा बेपत्ता भएको १७ दिन पुग्दापनि भेट्न नसकिएपछि खोजी कार्य रोक्ने तयारी भएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको…