एजेन्सी- चन्द्रमामा सयौँ मिटर गहिरो गुफा फेला परेको छ । उक्त गुफामा पृथ्वीबाट गएका अन्तरिक्ष यात्रुहरु बस्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । सो गुफामा स्थायी क्याम्प बनाएर बस्न सकिने जनाइएको छ । ती गुफामा बरफ जमेको हुनसक्ने र त्यसलाई मानिसले प्रयोग गर्न सकिने अनुमानसमेत गरिएको छ । करिब ५० वर्षअघि देखि नै वैज्ञानिकहरुले चन्द्रममा गुफा…