काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक संस्थापन पक्षका सात पूर्वपदाधिकारीको बन्धकमा परेको छ । जसकारण पटकपटक बैठक स्थगित हुँदै आएको छ । विश्व इतिहासमै सबैभन्दा लामो केन्द्रीय समिति बैठकको रेकर्ड कांग्रेसले राखेको छ । तर पनि कुनै निर्णय हुन सकेको छैन । संस्थापन पक्षका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, शशांक कोइराला,…