चुनावी समीक्षा गर्न कांग्रेसले शुक्रबार बोलायो केन्द्रीय समिति बैठक, के गर्लान् गगन ?

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी नगराइए पनि चुनावी समीक्षा हुने नेताहरूले बताएका छन् । कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको…