Logo

समाचार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित

काठमाडौं– भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको आज बसेको बैठकले राउतलाई सर्वसम्मत अनुमोदन गरेको हो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतको आज संसदीय सुनुवाइ सकिएसँगै उनको नाम सर्वसम्मतीले अनुमोदन गरिएको छ ।

हनिट्रयापमा पारेर ५० वर्षीय पुरुषको अपहरण, ५ लाख फिरौती रकम लिएर हत्या

काठमाडौं– ‘हनीट्र्याप’ मा पारेर अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले हत्या गरेको छ । काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको अपहरणपछि फिरौती रकम लिएर हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव असोज ६ मा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलोमा भेटिएको थियो । उनी

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापामारेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणमा छापा मारेको हो । टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात लिएको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । संसदको सार्वजनिक

कोठामा चोरी भएपछि जाहेरी दिएकी महिलामाथी प्रहरीद्वारा बलात्कार प्रयास

काठमाडौं– कोठामा चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी महिलालाई प्रहरीबाट नै बलात्कारको प्रयास भएको पाइएको छ । प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाललाई चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् । स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै भदौ २०

दशैंमा घर शृङ्घार्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

वीरेन्द्रनगर — हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । हुम्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीहरु आज बिहान घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा

झ्याप्ले खोलामा थप सवारीसाधन पुरिएको आशंका, पहिरो पन्छाएर खोजी कार्य पुनः सुरु

धादिङ– धादिङ र काठमाडौंको सिमानानजिकै धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो । झन्डै दुई सय मिटर माथिबाट डाँडै

घन प्रहार गरेर हत्या, एक जना पक्राउ

काठमाडौं– स्याङ्जाको हरिनाश गाउँपालिका–४ बाङ्गेश्वारामा मंगलबार एक जनाको हत्या भएको छ । मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको हो । घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

बाबर आजमले गरे कप्तान पदबाट राजीनामा दिएको घोषणा

एजेन्सी– पाकिस्तानी क्रिकेट टोलीको कप्तान बाबर आजमले कप्तान पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् । बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उनले बताएका छटन् । उनले खेलाडीका रूपमा टोलीमा योगदान दिइरहने

आफ्ना कामको हिसाबकिताब मतदातालाई बुझाउन चितवन जाँदै रवि, पार्टीको झण्डा बोकेर नआउन अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मतदातालाई आफुले गरेको कामको हिसाबकिताब बुझाउने भएका छन् । यसका लागि रवि चितवनको मतदातासँग तेस्रोपटक सार्वजनिक सुनुवाइमार्फत जोडिने भएका छन् । आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन् । उनका अनुसार

बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २२८ पुग्यो, २५ जना अझै बेपत्ता

काठमाडौं– असोज ११ र १२ गते गएको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १५८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको