काठमाडौँ । थाइल्यान्डबाट हुलाकमार्फत नेपाल पठाइएको गाँजा कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट भदौ ९ गते इटहरी पठाउन लागिएको पार्सल शङ्का लागेर जाँच गर्दा ९१० ग्राम थाइल्यान्डबाट आएको गाँजा बरामद भएको थियो । प्रहरीले उक्त पार्सललाई ‘कन्ट्रोल डेलिभरी’मार्फत इटहरी पठाएर लिन आएका धरानका १९ वर्षीया जेसिका तामाङ र…