कैलाली- कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मंगलबार संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन्। जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो। जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको छ। गौरीगंगा, गोदावरी र धनगढी…