काठमाण्डाै – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूमाथि नेपाल प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ । सरकारी कागजात लिखत किर्ते गरेर एक सय ३४ रोपनी जग्गा हडपेको भन्दै नाै जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको कसुरमा म्याद थपेको हो । उनीहरूलाई सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले सात दिनको म्याद दिएको छ…